Logo
Logo

सरकार आफ्नालाई जोगाएर विपक्षी नेतालाई छानीछानी जेल हाल्न थाल्यो : अग्नि सापकोटा


441
Shares

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले सरकारले आफ्ना दलका नेताहरूलाई जोगाउने र विपक्षी दलका नेताहरूलाई कारबाही गरिरहेको आरोप लगाएका छन् ।

बिहीवार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा आयोजित पत्रकार सम्मेलनका क्रममा उनले यस्तो आरोप लगाएका हुन् । उनले तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वका वेला कसैलाई पनि पक्ष/विपक्ष नभनी कारबाही गरिए पनि अहिलेको सरकार विपक्षी दलका नेताहरूलाई मात्रै लक्षित गरेर कारबाही गरिरहेको बताए ।

उनले विपक्षी नेताहरूलाई छानी छानी मुद्दा लगाउने र जेल हाल्ने काममा केन्द्रित भएको बताए। उनले नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङ र नेकपा एमालेका नेता ऋषिकेश पोखरेललाई प्रमाण हुँदाहुँदै पनि खुला रूपमा संरक्षण गरेको आरोप लगाए ।

सापकोटाले भने‚ ‘हाम्रो पार्टीको सरकारले कानून र प्रमाणले भेटेसम्म जसलाई पनि कारबाही गरे हुन्छ भन्ने मान्यताका आधारमा कारबाही गरेको थियो। अहिलेको सरकारले विपक्षी दलका नेताहरूलाई छानी छानी मुद्दा लगाउने, जेल हाल्ने गरेको छ भने आफ्ना नेताहरूलाई जोगाइरहेको छ। तपाईंहरुलाई थाहा छ, नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङ, नेकपा एमालेका ऋषिकेश पोखरेल लगायतलाई प्रमाण हुँदाहुँदै पनि खुला रुपमा संरक्षण गरिएको छ ।’

पत्रकार सम्मेलनका क्रममा माओवादी केन्द्रले कार्तिक १० गते सरकारलाई उत्तरदायी बनाउन खबरदारी सभा गर्ने निर्णय गरेको छ।

प्रतिक्रिया दिनुहोस्