काठमाडौं, १२ जेठ ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न निर्णय गरेको छ । विदेशमा रहेका नेपालीलाई चार्टड विमानबाट स्वदेश ल्याउनेदेखि विभिन्न नियुक्ति समेत गरेको छ ।
राष्ट्रिय युवा परिषद्को कार्यकारी उपाध्यक्षमा पुनः माधव ढुंगेललाई नियुक्त गरेको छ । अनेरास्ववियुका पूर्व अध्यक्ष ढुंगेल परिषद्का पहिलो उपाध्यक्ष हुन् । ठूलो मात्रा बजेट भएको र देशव्यापी सञ्जाल भएको परिषद्मा पहिलो कार्यकालमा उनले खासै प्रभावकारी काम देखाउन सकेका छैनन् ।
त्यस्तै बैठकले नयाँ सामाजिक सुरक्षा ऐन आएपछि केहीको सामाजिक सुरक्षा भत्ता कटौती भएकोमा कटौती नगर्ने निर्णय गरेको छ । नयाँ ऐनले विपन्न वर्गका ६० वर्ष भन्दा कम उमेरका एकल महिलालाई मात्र सामाजिक भत्ता दिने निर्णय गरेको थियो । त्यस्तै अपांगता भएका व्यक्ति९निलो कार्ड०हरुको पनि कटौती हुने भएपछि सरकारले निरन्तरता दिने निर्णय गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार राष्ट्रको नाममा सम्बोधन गर्ने क्रममा पनि भत्ता कटौती नहुने र दायरा झन् बढाइने बताएका थिए ।