Logo
Logo

इजलासमा रविको बयान- ममाथि अन्याय, ज्यादति र अपमान भयो


945
Shares

कास्की । सहकारी ठगी तथा संगठित अपराधको अभियोगमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूमाथि अन्याय, ज्यादति र अपमान भएको बताएका छन् ।

विहिबार जिल्ला अदालत कास्कीमा बयान दिदै लाछिानेले भने, ‘‘प्रहरी हिरासतमा राखेर ममाथि ह्यारेसमेन्ट गरिएको छ । एउटै प्रश्नमा पटक पटक परीक्षा दिइसकेको छु । अझै कति एउटै प्रश्नको परीक्षा दिनुपर्ने हो ? यो घोर अन्याय हो । यो ज्यादति हो, यो अपमान हो ।’

२ कात्तिकमा प्रक्राउ परेका रविलाई म्याद थपका लागि बिहीबार अदालत लगिएको थियो । विहिबार ११ बजेबाट रविलगायत तिनै जनाको मुद्धामा बहस सुरु भयो । रविका पक्षमा जम्मा ६ जनाले बहस गरे । अधिवक्तासमेत रहेकी रास्वपा सांसद सोविता गौतमले समेत बहस गरेकी थिइन् ।

सरकार पक्षको दाबी सुनेपछि रविले आफैंले बोल्ने अनुमति मागे । न्यायाधीशले अनुमति दिएपछि बोलेका रविले आफ्नो लामो कुरा राखे ।

प्रहरीले २५ दिनको म्याद थप्न माग गरेको थियो तर ४ घन्टासम्म पेचिलो बहसपछि जिल्ला न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले रविसहित ३ जनालाई ७ दिन हिरासतमा राख्न अनुमति दियो ।

रविले आफ्नो कुरा चर्को गरी राखेपछि न्यायाधीश पौडेलले चर्को नबोल्न आदेश दिए ।। ‘आफ्नो कुरा राख्दा आक्रोशित हुँदै चर्को बोल्नु पर्दैन, यो अदालत हो ।’, न्यायाधीश पौडेलले रविलाई सम्झाए त्यसपछि सम्हालिएका रविले आफू अन्यायमा परेकाले बोलीमा आक्रोश निस्किएको भन्दै माफी मागे ।

रविले न्यायाधीश पौडेललेसँग माफी माग्दै भने, ‘कुनै पनि तथ्य र प्रमाण नभेटाउँदा पनि हिरासतमै कोचिराख्ने षड्यन्त्र भएकाले बोलीमा आक्रोश व्यक्त भयो होला’,म न्यायपालिकाप्रति विश्वास गर्छु, सम्मान गर्छु ।’

प्रतिक्रिया दिनुहोस्