Logo
Logo

प्राधिकरणले काट्यो बक्यौता नबुझाउने ३४ उद्योगको बिजुली


630
Shares

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विद्युत महसुल वापतको बक्यौता नबुझाउने ३४ उद्योगको विद्युत् लाइन काटिदिएको छ । प्राधिकरणले डेटिकेटेड फिडर र ट्रंक लाइन वापतको विद्युतको बक्यौता नबुझाउने ३४ उद्योगको लाइन काटिएको जानकारी दिएको हो ।

विद्युत प्राधिकरणले सोनापुर सिमेन्ट, अर्घाखाँची सिमेन्ट, घोराही सिमेन्टको विद्युत लाइन काटेको छ । त्यस्तै भलवारी स्वचालित कारखाना, हुलास स्टिल, अशोक स्टिल, हिमाल आइरन एण्ड स्टिल, घोराही सिमेन्ट, सोनापुर सिमेन्ट, श्याम प्लास्टिक उद्योगलगायत कारखानाको पनि विद्युत काटिएको छ । अदालतको स्टे रहेका ७ वटा र २ वटा सरकारी उद्योगको लाइन भने काटिएको छैन । अन्य ६ वटा उद्योगले भने पहिलो किस्ता बुझाएर बक्यौता तिर्न थालेका छन् ।

गत असोज २४ गते प्राधिकरणले सूचना प्रकाशित गरेर ४९ उद्योगलाई २०७२ माघदेखि २०७५ वैशाखसम्मको डेडिकेटेड फिडर तथा ट्रंक लाइन वापतको बक्यौता बुझाउन ताकेता गरेको थियो । उनीहरूलाई कात्तिक ८ गतेसम्मको समय सीमा दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्