Logo
Logo

सरकारविरुद्धको प्रदर्शनमा माओवादीले ३० हजार मानिस उतार्ने


1.5k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारविरुद्धको प्रदर्शनमा ३० हजार मानिस उतार्ने भएको छ । भोलि शनिबार काठमाडौंमा गर्न लागेको ‘खबरदारी सभा’ नाम दिइएको विरोध प्रदर्शनमा माअओवादीले ३० हजार मानिस उतार्ने भएको हो ।

प्रदर्शनमा सबै जनवर्गीय संगठनहरुलाई विरोध कार्यक्रममा सहभागी हुन माओवादी केन्द्रले निर्देशन दिएको छ । प्रदर्शन भ्रष्टाचार र बेथितिविरुद्ध केन्द्रित हुने माओवादीको भनाइ छ । खबरदारी सभा सुरु हुनुअघि बिहान साढे ११ बजे भद्रकाली, सुन्धारा र काठमाडौं मल अगाडि कार्यकर्ताहरु भेला हुनेछन् ।

त्यसपछि जुलुस सुरु हुने छ । सभामा सहभागीहरुले राष्ट्रिय झण्डा, पार्टीको झण्डा, ब्यानर, नारा लेखिएका प्लेकार्ड बोकेर सरकारविरुद्ध नारा लगाउने छन् ।

सो जुलुस रत्नपार्क, बागबजार, पुतलीसडक, पद्मोदय मोड हुँदै भृकुटीमण्डपको सडकमा पुगेर सभामा परिणत हुने छ । सभालाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्