Logo
Logo

रास्वपाले सडक दुर्गन्धित बनायो : पूर्ण बस्नेत


2.8k
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले रास्वपाले सडक प्रदुषित र दुर्गन्धित बनाएको आरोप लगाएका छन् ।

रास्वपाका सभापति रवि लामिछाने पक्राउपश्चात रास्वपाले गरिरहेको सडक आन्दोलनलाई लक्षित गर्दै बस्नेतले सडक हिजोसम्म पीडितको एक भरोसा रहेकोमा आज त्यही सडक पनि पीडक र आरोपितले कब्जा गरेको बताएका हुन् ।

बस्नेतले सडकलाई ठगहरुले बन्धक बनाएको र पीडितको छाती छियाछिया हुने गरी बुट बजारिरहेको बताए । रास्वपाले सडकलाई झुट र भ्रम ओकल्ने थलो बनाएको उनको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्