Logo
Logo
सूर्यदर्शन सहकारी प्रकरण

नेचर हर्ब्स इन्टरनेश्नलका सञ्चालक पक्राउ


1.1k
Shares

काठमाडौं । सूर्यदर्शन सहकारीको ठगी प्रकरणमा नेचर हर्ब्स इन्टरनेश्नलका सञ्चालक रामबहादुर खनाललाई पक्राउ परेका छन् ।

तनहुँको बगालेफाँटका ४८ वर्षीय रामबहादुर खनाललाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले पक्राउ गरेको हो । सीआईबीका एसपी होविन्द्र बोगटीका अनुसार उनी गोरखा ग्रुप अफ कम्पनी लिमिटडमा पनि शेयरधनी छन् ।

उनलाई काठमाडौंको पानीपोखरीबाट पक्राउ गरिएको हो । उनीमाथि थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्याल्य, कास्कीमा पठाइएको बोगटीले बताएका छन् ।

सूर्यदर्शन सहकारीको रकम नेचर हर्ब्समा पनि ल्याएको पाइएपछि खनाललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । दुवै संस्थाका मुख्य सञ्चालक जिबी राई हुन् । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा अहिले रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने हिरासतमा छन् ।

प्रतिक्रिया दिनुहोस्