Logo
Logo

६० किलो सुन प्रकरण : ७ अभियुक्त धरौटीमा रिहा


2.6k
Shares

काठमाडौं । ६० किलो सुन तस्करी प्रकरणमा पक्राउ परेकामध्ये ७ जना अभियुक्त धरौटीमा रिहा भएका छन् । जिल्ला र उच्च अदालतले पुर्पक्षका लागि कारागार पठाएका मध्ये ७ जना सर्वोच्च अदालतको आदेशपछि रिहा भएका हुन् ।

रिहा हुनेहरुमा दोलखाका किशोर बस्नेत, काठमाडौंका कुमार ढकाल, कैलालीका सन्तोष चन्द, काठमाडौंकै सरोज श्रेष्ठ, राजेन्द्र कुमार राई, दोलखाका रामकुमार भुजेल र शिवकुमार सरार्फ छन् ।

सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठ र टेकप्रसाद ढुंगानाको आदेशले ११ असोजमा उनीहरुलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो । अदालतको आदेशपछि उनीहरु धरौटी बुझाएर रिहा भएका हुन् ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट २ साउन २०८० मा बाहिरिएको ६० किलो ७१६ ग्राम सुन राजश्व अनुसन्धान विभागले बरामद गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्