Logo
Logo

शिक्षामा सुधारबिना विकास सम्भव छैन : मेटमणि चौधरी


882
Shares


दाङ । एकीकृत समाजवादीका संसदीय दलका प्रमुख सचेतक मेटमणि चौधरीले शिक्षामा सुधार नगरी कुनै पनि क्षेत्रमा विकासको लहर आउन नसक्ने बताएका छन् । 

निर्वाचन क्षेत्र भ्रमणमा रहेका सांसद चौधरीले शुक्रबार देउखुरीको राजपुर गाउँपालिकाका विभिन्न विद्यालयहरूको निरीक्षण पश्चात आयोजित एक कार्यक्रममा सो धारणा राखेका हुन् । 

‘आफू सांसद भएदेखि सबैभन्दा बढी बजेट यस क्षेत्रका शैक्षिक संस्था सुधारका लागि विनियोजित गरेको छु । शिक्षाको गुणात्मक सुधार भएपछि मात्र आर्थिक, सामाजिक लगायत अन्य क्षेत्रमा सुधार सम्भव हुन्छ’, चौधरीले भने ।

पूर्वमन्त्री समेत रहेका सांसद चौधरीले विद्यालयहरूको थप भौतिक पूर्वाधार, शैक्षिक सामग्रीको आपूर्ति तथा शिक्षाको गुणस्तर सुधारका लागि कटिवद्ध रहेको बताउँदै यस क्षेत्रको विकासका लागि सरोकारवाला समेत गम्भीर बन्न जरुरी रहेको बताए । 

प्रतिक्रिया दिनुहोस्