Logo
Logo

जीबी राईको नाममा आएको इमेलबारे अनुसन्धान सुरु


3.4k
Shares

काठमाडौं । गृहमन्त्री रमेश लेखकले सहकारी ठगी प्रकरणमा फरार रहेका जीबी राईको नामबाट आएको इमेलबारे प्रहरीको साइबर ब्युरोले अनुसन्धान गरिरहेको बताएका छन् ।

सत्तारुढ सात दलको बैठकमा जीबी राईको नामबाट आएको इमेलबारे ब्रिफिङ गर्दै लेखकले उक्त इमेल रास्वपा सभापति रवि लामिछानेमाथि भइरहेको अनुसन्धानमा नयाँ क्लू हुनसक्ने बताए ।

‘यो इमेल स्क्याम जस्तो देखिन्न, साइबर ब्यूरोले यसबारे अनुसन्धान गरिरहेको छ भनेर जानकारी दिनु भएको छ ‘, उनले भने ।

प्रतिक्रिया दिनुहोस्