Logo
Logo

आन्दोलन जारी राख्ने रास्वपाको निर्णय


315
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आन्दोलन जारी राख्ने निर्णय गरेकाे छ ।

आज केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समितिको अनौपचारिक बैठकले आन्दोलन जारी राख्ने निर्णय गरेको भएपनि आन्दाेलनकाे स्वरुपबारे छलफल गरिने कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिए ।

आन्दोलनको कार्यक्रमको स्वरूप वारे विवरण भोलि सार्वजनिक गरिने बुर्लाकोटीले जानकारी दिए । पार्टी सभापति रवि लामिछानेलाई पक्राउ गरेको विरोधमा रास्वपाले पोखरापछि शुक्रबार काठमाडौँको माइतीघर क्षेत्रमा प्रदर्शन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्