Logo
Logo
कला-सौन्दर्य

‘नाटकमा अभिनय गर्ने इच्छा छ’


5.3k
Shares

मान्छेका आ-आफ्नै इच्छा र सपना हुन्छ । तर, सबैका इच्छा पूरा नहुन पनि सक्छ । हरेक क्षेत्रमा सफलता हासिल गर्न ढृड संकल्प, लगनशीलता र मिहिनेत चाहिन्छ । यदि ढृडता र लगनशील नभएदिएको भए सायद एञ्जल राईको संकल्प आज पूरा हुँदैनथ्यो कि ! तर, सानैदेखिको रहर र इच्छा पूरा गर्न उनी निरन्तर लागिपरिन् । फलस्वरुपः उनी ‘मिस मंगोल नेपाल-२०२४’को ताज पहिरन सफल भएकी छन् ।

एञ्जल भन्छिन्, ‘सौन्दर्य प्रतियोगितामा भाग लिएर उपाधि जित्ने मेरो सानैदेखिको इच्छा र सपना थियो, त्यो एउटा इच्छा पूरा भएको छ ।’ ‘मिस मंगोल नेपाल’ बन्नुअघि एञ्जलले ‘मिस राई’ र ‘मिस पुर्वाञ्चल’मा भाग लिएकी थिइन् । ‘मिस राई–२०१८’को विजेता एञ्जल ‘मिस पुर्वाञ्चल–२०१९’की फस्ट रनरअप हुन् ।

खोटाङमा ऐंसेलुखर्क–७ माक्पाकी २३ बर्षीया एञ्जलका केही इच्छा अझै अधुरा छन् । एकपटक ‘मिस नेपाल’मा पनि लिने उनको इच्छा छ । फेसन डिजाइनरसमेत रहेकी ५ फिट पाँच इन्च उचाइकी एञ्जल भन्छिन्, ‘एकपटक मिस नेपालमा सहभागी हुने इच्छा छ । आफ्नो क्षमताले भ्याएसम्म प्रयास गर्नेछु ।’

फेसन, मोडलिङ र अभिनयमा रुची राख्ने एञ्जल आदिवासी जनजातीका कला र भेषभूषाको प्रवद्र्धन गर्ने लक्ष्य लिएकी छन् । ‘मिस मंगोल नेपाल–२०२४’को उपाधि जितेपछि ‘नेपाल आदिवासी जनजाती महासंघ, नेपाल क्यान्सर निवारण प्रतिष्ठान लगायतका सामाजिक संस्थाको सद्भावना दूत बनेकी एञ्जल राईसँग गरिएको कुराकानीको संक्षिप्त अंश यस्तो छ ः

‘मिस मंगोल नेपाल’मा भाग लिने सोच कसरी पलायो ?
मलाई सानैदेखि इभेन्टहरुमा रुची थियो । रुची र इच्छा भएकाले ‘मिस मंगोल’ पहिल्यैबाट हेर्थेँ । अहिले कलेज सकेपछि भाग लिएकी हुँ । उपाधि जित्न पनि सफल भएँ ।

‘मिस राई’को उपाधि जितिसक्नुभएको थियो । उस्तै, कार्यक्रममा किन सहभागी हुनुभएको नि ?
‘मिस राई’ एउटा कम्युनिटीभित्र मा समिति छ । त्यसैले ‘मिस राई’ भइसकेपछि पनि ‘मिस पूर्वाञ्चल’मा भाग लिएँ । २०१८ मा ‘मिस राई’को उपाधि जितेकी थिएँ । र, २०१९ मा ‘मिस पूर्वाञ्चल’मा भाग लिएँ । ‘मिस पूर्वाञ्चल’मा फस्ट रनर भएँ । प्याजेन्टमा भाग लिने रुची कायमै थियो, त्योसँगै पढाइ पनि ठीक सकिएको हुनाले यसपाली ‘मिस मंगोल’मा भाग लिएकी हुँ ।

दुईटा प्याजेन्टमा प्रतिस्पर्धा गरेको अनुभवकै कारण ‘मिस मंगोल’को उपाधि जित्नुभएको हो ?
त्यस्तो होइन । धेरै ग्याप भइसकेको थियो । त्यसैले सहज भएन । ‘मिस राई’ भइसकेपछि मोडलिङ पनि गर्न थालेँ, त्यसैले मलाई मोडलिङमा अनुभव भयो । त्यही अनुभवले मिस मंगोल भएँ

‘मिस राई’ र ‘मिस पूर्वाञ्चल’को प्रतिस्पर्धाले ‘मिस मंगोल’मा सपोर्ट त मिल्यो नि ?
आत्मविश्वास थियो किनकि, ट्रेनिङ र ग्रुमिङ प्रोसेस थाहा थियो । जसले गर्दा प्रिपियर गर्न मलाई सजिलो भयो ।

त्यसोभए सुरुमै ‘मिस मंगोल’को उपाधि जित्छु भन्ने कन्फिडेन्ट थियो, होइन ?
–जित्छु भन्दा पनि राम्रो गर्न सक्छु भन्ने लागेको थियो । राम्रै पनि गरेँ । ‘मिस मंगोल’मा जति पनि पाटिसिपेन्ट थिए, सबै ट्यालेन्ट थिएँ । म मा चाहिँ ट्यालेन्टसँगै कन्फिडेन्ट थियो ।

‘मिस मंगोल नेपाल’ विजेता भइसकेपछि कस्तो अनुभव भइरहेको छ ?
–कम्युनिटीलाई नै प्रतिनिधित्व गर्न पाउँदा रेस्पोन्सीवल फिल भइरहेको छ । आदिवासी जनजाती भएको म गर्व गर्छु ।

आदिवासी जनजाती समुदायका लागि के गर्ने योजना छ ?
मेरो पढाइ पनि फेसन डिजाइनिङ नै हो । त्यसैले भेषभूषामार्फत आदिवासी जनजाती समुदायलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा चिनाउन चाहन्छु ।

तपाइँको रुची के हो ?
मेरो रुची भनेको फेसन डिजाइनि नै हो । मोडलिङमा पनि मेरो इच्छा छ ।

फेसन डिजाइनिङप्रति कसरी आकर्षित हुनुभयो ?
म पहिल्यैदेखि अर्थात बुझ्ने भएदेखि नै फेसनप्रति उत्सुक थिएँ । त्यसैले पढाइ पनि फेसन डिजाइनिङ नै रोजेँ ।

तपाइँको बुझाइमा फेसन के हो ?
फेसन भन्दैमा डिजाइनिङ वेयर नै हुनुपर्छ भन्ने छैन । आफूले लगाउँदा जुन पहिरनमा पर्सनालिटी झल्किन्छ र कम्फाटेवल हुन्छ, त्यही नै फेसन हो ।

तपाइँ फेसनप्रति कति कन्सस हुनुहुन्छ ?
आफैँ डिजाइनर भइसकेपछि कन्सस त हुनै प¥यो नि । मलाई सेमी फर्मल पहिरनहरु मनपर्छ । म आफ्नो लागि आफैँ पहिरन तयार गर्छु ।

‘मिस मंगोल’ उपाधि जितेपछि व्यस्तता कतिको बढेको छ ?
पहिलेभन्दा केही व्यस्त भएकी छु । उपाधि जितेपछि मिडियासँग अन्तरवार्तालगायत विभिन्न सम्मान कार्यक्रममा व्यस्त भएँ । साथै, आदिवासी जनजाती समुदायका कार्यक्रमहरु पनि उपस्थिति जनाउँदै आएकी छु ।

फिल्ममा काम गर्ने रुची छ कि छैन ?
फिल्ममा रुची छ । खाशगरी मलाई नाटकमा काम गर्ने इच्छा र रुची छ । त्यसैले तत्काल फिल्ममा भन्दा नाटकमा काम गर्ने इच्छा छ ।

कस्तो फिल्ममा काम गर्न चाहनुहुन्छ ?
मलाई स्टोरीवेशका फिल्महरु मनपर्छ । मलाई जारी फिल्म मन पर्यो । जारी जस्तै, कल्चरल र स्टोरीवेशका फिल्ममा अफर आयो भने काम गर्छु ।

फुर्सदमा के गर्नुहुन्छ ?
मलाई पोडकास्ट मनपर्छ । डान्स गर्छु । मलाई ट्राभल गर्न मनपर्छ ।

प्रतिक्रिया दिनुहोस्