Logo
Logo

सातै प्रदेशमा आन्दोलन जारी राख्ने रास्वपाको निर्णय


2.8k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सडक आन्दोलन जारी राख्ने निर्णय गरेको छ । आज बसेको केन्द्रीय समिति बैठकले आन्दोलन जारी राख्ने निर्णय गरेको सहप्रवक्ता रमेश प्रसाईंले जानकारी दिए । 

राजनीतिक प्रतिशोध साँध्न पार्टी सभापति रवि लामिछानेलाई पक्राउ गरिएको भन्दै बैठकले सातै प्रदेशमा आन्दोलन गर्ने निर्णय गरेको प्रसाईंले जानकारी दिए । उनले रविमाथि प्रहरीले दुर्व्यवहार गरेको बताए । 

उनले भने, ‘राजनीतिक प्रतिशोध साँध्न पार्टी सभापति रवि लामिछानेलाई पक्राउ गरिएको हो । पूर्वगृहमन्त्री जस्तो व्यक्तिलाई प्रहरीले त भनेर दुर्व्यवहार गर्नु गलत हो ।’

विज्ञप्तिमा भनिएको छ, ‘पार्टी सभापति एवं संसदीय दलको नेता रवि लामिछानेलाई राजनीतिक प्रतिशोधका लागि हिरासतमा राखेको र अनुसन्धानको नाममा थुन्ने र मानसिक दबाब दिने षडयन्त्र देखिएकाले सरकारसँग अबिलम्ब राजनीतिक प्रतिशोध त्यागी रिहाइको माग गर्दछ ।’

त्यस्तै, बैठकले राजनीतिक नागरिक संवादका लागि पार्टी उपसभापति डा. स्वर्णिम वाग्लेको संयोजकत्वमा समिति गठन गर्ने निर्णय गरेको छ । सातै प्रदेशमा आन्दोलन सञ्चालन प्रदेश समिति गठन गर्ने र आवश्यक उपसमितिहरु गठन गर्ने अख्तियारी सम्बन्धित समिति स्वयंलाई दिने निर्णय गरको छ ।

बैठकले स्थानीय तह उपनिर्वाचन संयोजन समितिलाई ३ दिनभित्र कार्ययोजना पेश गर्न निर्देशन दिएको छ । पार्टीले विषम परिस्थितिवश स्थगित गरेको जिल्ला भेलाहरु, सांगठनिक र पार्टी गतिविधि सूचारु गर्ने निर्णय गरेको सहप्रवक्ता रमेश प्रसाईंले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस्