काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनचाँदीको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । आज एकैदिन सुन १४ सय रुपैयाँ र चाँदी १५ रुपैयाँले बढेर हालसम्मै सर्वाधिक महंगो भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन १ लाख ६७ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । सुनको यो मूल्य हालसम्मकै उच्च हो । अघिल्लो दिन सुन प्रतितोला १ लाख ६६ हजार रुपैयाँ रहेको थियो ।
त्यस्तै चाँदीको मूल्य तोलामा १५ रुपैयाँ बढेको छ । अघिल्लो दिन २०७० रुपैयाँ रहेको चाँदी यस दिन २०८५ रुपैयाँ पुगेको हो ।