Logo
Logo

जीवन सहज र सरल बनाउन एआईको उपयोग गर्नुपर्छ : प्रधानमन्त्री


567
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जीवन सहज र सरल बनाउन आर्टिफिसियल इन्टेलिजेन्सको सकारात्मक उपयोग गरिनुपर्नेमा जोड दिएका छन् ।

एमाले निकट युवा सङ्घ नेपालले आयोजना गरेको एआई सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन’ मा विज्ञसँगको संवादमा प्रधानमन्त्री ओलीले विकास, सकारात्मकता र सहज जीवनका लागि विज्ञान र प्रविधिको उपयोग गरिनुपर्ने बताएका हुन् । त्यसका लागि सरकार लागि पर्ने उनको भनाई छ ।

‘विकासको तिर्खाबाट हामी ग्रस्त छौँ । त्यसका लागि डिजिटल नेपालको अवधारणा ल्याऔँ । हामीले आर्टिफिसियल इन्टेलिजेन्स्को सकारात्मक उपयोग गर्नुपर्छ । यसको दुरुपयोगबाट हुन सक्ने दुष्प्रभाव रोक्न सचेतना र कानुनी प्रबन्धमा पनि जानुपर्छ’, उनले भने, ‘एसइईमा धेरै विद्यार्थी अनुत्तीर्ण हुने क्रमबाट सुधार ल्याउनु छ । यस्ता क्षेत्रमा एआई को उपयोग कसरी गर्न सकिन्छ र नेपाललाई एआइ एजुकेसनको हब कसरी बनाउन भन्नेमा हाम्रो ध्यान रहेको छ ।’

उनले आटिर्फिसियल इन्टेलिजेन्स्सम्बन्धी नीति र योजना ल्याउने सरकारको तयारी रहेको भन्दै त्यसका लागि निजी क्षेत्रको समेत सहयोग आवश्यक रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्