Logo
Logo

साफ महिला च्याम्पियनसिप: भारतलाई हराउँदै नेपाल फाइनलमा


7.4k
Shares

काठमाडौं । साफ महिला च्याम्पियनसिप २०२४ मा भारतलाई हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा भएको दोस्रो सेमिफाइनलमा भारतलाई टाइब्रेकरमा ४-२ गोल अन्तरले पराजित गर्दै नेपाल सेमिफाइनलमा पुगेको हो ।

पेनाल्टी सुटआउटमा नेपालको सावित्रा भण्डारी, गिता राना, सविता रानामगर, अमिसा कार्कीको प्रहार सफल भयो । भारतकी मनिषा, के पुरुषोत्तमको प्रहार सफल हुँदा कप्तान आसालता र रञ्जना चानुको पेनाल्टी प्रहारमा चुकेका थिए ।

निर्धारित समयमा १–१ को बराबरीमा सकिएपपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो । पेनाल्टीमा सुरुमै भारतको प्रहर पोलमा लागेर फर्किएको थियो ।

नेपालबाट प्रहार गरेका ४ खेलाडीले गोल गर्दै जिततर्फ दोहोराएका हुन् भारतले खेलको ७१औं मिनेटमा गोल गर्दै अग्रता लिएको थियो । त्यसलगत्तै नेपालले पनि गोल गरेको थियो ।

नेपालका प्रीति राईले गरेको गोलमा सुरुमा रेफ्रिले गोलको मान्यता दिएपनि भारतले प्रोटेष्ट गरेपछि उक्त गोलले मान्यता पाएको थिएन ।

त्यसपछि खेल रोकिएको थियो । रोकिएको १ घन्टापछि खेल सुरु भएको थियो । खेल सुरु भएको एक मिनेट भित्रै सावित्रा भण्डारीले बराबरी गोल फर्काएका थिए ।

नेपालले अब उपाधिका लागि बंगलादेशसँग खेल्नेछ । आजै भएको सेमिफाइनलको पहिलो खेलमा भुटानलाई हराउँदै बंगलादेश फाइनलमा पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्