Logo
Logo

१७ निर्माण व्यवसायीलाई स्पष्टिकरण पेश गर्न ३० दिने अल्टिमेटम


315
Shares

काठमाडौं । सम्झौताबमोजिम कार्यसम्पादन सन्तोषजनक नरहेको भन्दै १७ वटा निर्माण व्यवसायी/आपूर्तिकर्तालाई सरकारले स्पष्टिकरण माग गरेको छ ।

सार्वजनिक खरिद अनुगमन कार्यालयले आज सूचना जारी गर्दै कार्यसम्पादन सन्तोषजनक नभएका १७ निर्माण कम्पनीलाई कालोसूची राख्न नपर्ने कारणबारे लिखित स्पष्टिकरण पेश गर्न भनेको हो ।

कार्यालयले कालोसूचीमा राख्न नपर्ने आधार प्रमाण भए सूचना प्राप्त भएको मितिले ३० दिनभित्र कार्यालयमा लिखित स्पष्टिकरण पेश गर्न भनेको छ ।

प्रतिक्रिया दिनुहोस्