Logo
Logo

स्वयम्भू शाक्यको पुस्तक ‘क्रान्तिका अग्रदुत युगकवि सिद्धिचरण’ बजारमा


378
Shares

काठमाडौैं । युगकवि सिद्धिचरणका कालजयी रचनाहरूको समीक्षा गरिएको पुस्तक ‘क्रान्तिका अग्रदूत युगकवि सिद्धिचरण’ बजारमा आएको छ । साहित्यकार, समीक्षक तथा समालोचक स्वयम्भू शाक्यद्वारा लिखित पुस्तक सुन्दर स्वदेश पब्लिकेशनले हालै बजारमा ल्याएको हो ।

पुस्तकमाथि युगकवि सिद्धिचरण प्रतिष्ठानका अध्यक्ष वैरागी काइँलाले मन्तव्य जाहेर गरेका छन् । पुस्तकको ऐतिहासिक महत्वबारे युगकवि सिद्धिचरणको सिर्जनाका अध्येता डा फणीन्द्रराज निरौलाले प्रकाश पारेका छन् । डा निरौलाले पुस्तकमाथि टिप्पणी गर्दै भनेका छन्, ‘प्रस्तुत पुस्तक युगकवि सिद्धिचरणका प्रतिनिधि रचनाहरू अध्ययन गरिएको एउटा सुन्दरतम कृति हो ।’

त्यसै गरी पुस्तकमा युगकवि सिद्धिचरण प्रतिष्ठानका संरक्षक रविचरण श्रेष्ठले युगकवि सिद्धिचरणका केही कविता र खण्डकाव्यहरूको विषयमा चिन्तन र विवेचना गरी प्रकाशनमा आएको पुस्तक एक महत्त्वपूर्ण दस्ताबेज भएको बताएका छन् । लेखक शाक्यले दुई वर्षको तयारी पछि पुस्तक बजारमा आएको बताए ।

६५ वटा फुटकर कविता, युगकविको जेल संस्मरण, मङ्गलमान, जुनकिरी र भिमशेन थापा शीर्षकको खण्डकाव्यका बारेमा अध्ययन गरी लेखिएको पुस्तक ५४० पेजको रहेको छ । मन छुने शैलीमा लेख्ने खुबी भएका शाक्यले युगकविको रचनाहरूलाई समीक्षा मार्फत थप पठनीय बनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्