Logo
Logo

बलात्कार आरोपमा पक्राउ परेका सशस्त्रका जवानद्वारा हिरासतभित्रै आत्महत्या


819
Shares

काठमाडौं । दाङमा जबरजस्ती करणीको मुद्दामा पक्राउ परेका सशस्त्र प्रहरी जवान रेवन पचभैया मगरले प्रहरी हिरासतमै आत्महत्या गरेका छन् ।

प्युठान बडडाँडा घर भएका प्रहरी जवान मगरलाई भालुवाङमा केही दिन पहिले नाबालिका करणी आरोपमा प्रहरीले पक्राउ गरेको थियो ।

गन्जी र टिसर्टको पासो लगाएर शौचालयमा झुन्डिएको अवस्थामा आज बिहान उनको शव भेटिएको जिल्ला प्रहरी कार्यालय दाङका एसपी अर्जुन तिम्सेनाले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दसैँको बेलामा पिङ खेल्न आएका नाबालिकालाई बलात्कार गरेको मगरले बयानमा स्वीकार गरिसकेका थिए ।

प्रतिक्रिया दिनुहोस्