Logo
Logo

रास्वपालाई लक्षित गर्दै मन्त्री सिंहले भने- यिनीहरुलाई कानुन लाग्दैन र ?


441
Shares

काठमाडौं । उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सरकार विधिको शासन कायम गर्न लागिपरेको बताएका छन् । सरकार कसैप्रति पूर्वाग्रही नभएको समेत उनले प्रस्ट पारेका छन् ।

सोमबार नेपाली कांग्रेस जिल्ला कार्यसमिति चितवनले आयोजना गरेको दीपावली विशेष कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री सिंहले भने, ‘यो कांग्रेस एमालेको संयुक्त सरकारले कसैप्रति द्वेषभाव राखेको छैन र राख्दैन पनि । सरकारले कसैलाई लखेट्नुपर्ने कारण छैन ।

आफूलाई वैकल्पिक शक्तिहरु भन्नेहरूले कानुनको पालना गर्न नहुने भन्दै उनले प्रश्न गरे । उनले भने, ‘विधिको शासन लागू गर्दा हामीलाई लागू हुनुहुँदैन । हामी नयाँ पार्टी हौँ भन्न मिल्छ ?’ राष्ट्रिय स्वतन्त्र पार्टीलाई लक्षित गर्दै उनले वैकल्पिक पार्टीमा इमानदारिता नदेखिएको बताए ।

‘हामी वैकल्पिक पार्टी हौँ भन्नेहरूको हविगत नदेखेको होइन । अघिल्लो चुनावमा आएका वैकल्पिकहरू अहिले कहाँ छन् ? उनले भने, ‘अहिले पनि आएकाहरूको पनि हालत त्यही हुने हो । यिनीहरूमा इमान्दारीता हुनुपर्दैन ? यिनीहरूलाई केही गर्नै नहुने ?’

सहकारी ठगी प्रकरणमा रास्वपा सभापति रवि लामिछाने यतिबेला कास्की प्रहरीको हिरासतमा छन् । रविको रिहाइको माग गर्दै रास्वपाले निरन्तर सडक आन्दोलन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्