Logo
Logo

यु-१७ एसियन कप छनोट : नेपाल जितविहीन बन्यो


315
Shares

काठमाडौं । नेपाल एएफसी यु–१७ एसियन कपको समूह चरणको अन्तिम खेलमा मंगोलियासँग पराजित भएको छ । यससँगै नेपाल एएफसी यु–१७ एसियन कप छनोटमा जितविहीन बनेको छ ।

छनोटको समूह चरणबाटै बाहिरिसकेको नेपाल समूह एफको अन्तिम खेलमा मंगोलियासँग १–० ले पराजित भयो । चार टोली सम्मिलित समूहमा तीन खेल हार्दै नेपाल अंकविहीन भयो ।

दोहास्थित हमाद बिन खालिफा रंगशालामा भएको खेलमा मंगोलियाको ओक्हु सोहेलले ७८औं मिनेटमा निर्णायक गोल गरे । सुरुवाती दुवै खेल हारेका नेपाल र मंगोलियाको लागि यो खेल प्रतिष्ठाका लागि थियो । जसमा मंगोलियाले बाजी मा¥यो । मंगोलियाले ३ अंक जोडेर छनोट यात्रा तय गरेको छ ।

समूह एफमा नेपाल यसअघि साविक विजेता जापानसँग ९–२ तथा घरेलु टोली कतारसँग ५–० ले पराजित भएको थियो । मंगोलिया पहिलो खेलमा कतारसँग २–० ले तथा जापानसँग ७–० ले पराजित भएको थियो । नेपालले छनोटमा तीन खेल खेल्दा सबै तीन खेलमा पराजित भएको हो । नेपालले १५ गोल खाँदा २ गोल मात्र गर्न सफल भयो ।

यु–१७ एसियन कप छनोट प्रतियोगिता एएफसीका ४४ सदस्य राष्ट्रका युवा टोली सहभागी छन् । सहभागी ४४ टोलीलाई विभिन्न १० समूहमा विभाजन गरेर खेलाइएको छ । छनोट चरणका खेलपछि हरेक समूहको विजेता अर्को वर्ष साउदी अरेबियामा हुने एएफसी यु–१७ एसियन कपका लागि छनोट हुनेछ ।

उपविजेता १० टोलीमध्ये उत्कृष्ट ५ उपविजेता टिमले पनि यु–१७ एसियन कपका स्थान बनाउनेछन् । आयोजकको हैसियतमा साउदी अरेबिया स्वतः छनोट भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्