Logo
Logo

विद्युत प्राधिकरणले लाइन काट्न थालेपछि ११ उद्योगले तिर्न थाले बक्यौता


756
Shares

काठमाडौं । विद्युत् प्राधिकरणले लाइन काट्न थालेसँगै ११ उद्योगले किस्ताबन्दीमा बक्यौता तिर्न थलेका छन् ।

डेडिकेटेड फिडर र ट्रंकलाइन विवादमा प्राधिकरणले लाइन काट्न थालेसँगै सर्वोत्तम सिमेन्ट, रोल्पा सिमेन्टसहितका ११ उद्योगले किस्ताबन्दीमा बक्यौता तिर्न सुरु गरेका हुन् ।

प्राधिकरणका प्रवक्ता चन्दन कुमार घोषले ११ उद्योगले बक्यौता तिर्न सुरु गरेको जानकारी दिए । विद्युत् प्राधिकरणले गत बिहीबार ३४ उद्योगको लाइन काटिदिएको छ । प्राधिकरणले बक्यौता तिर्ने उद्योगको लाइन जडान सुरु गरेको छ ।

यी हुन् किस्तामा बक्यौता तिर्ने उद्योग:
उद्योगहरू कुल बक्यौता रकम
जिबी टेक्सटाइल – ४९ लाख ४८ हजार
नारायण रबर उद्योग – १० लाख ५६ हजार
शुभश्री अग्नी सिमेन्ट – ९८ लाख ८१ हजार
विनायक स्पात प्रा.लि – ७ लाख ५२ हजार
नव नेपाल प्लास्टिक इन्डस्ट्रिज – २ लाख ५ हजार
शुभ लक्ष्मी पोलिमर्स – ३ लाख ७८ हजार
एजी हेल्थ इन्डस्ट्रिज – ७६ हजार
सर्वोत्तम सिमेन्ट – ११ करोड ९६ हजार
सम्राट सिमेन्ट – ३ करोड ७७ लाख ७३ हजार
रोल्पा सिमेन्ट – ९९ लाख १२ हजार
नेशनल रबर इन्डस्ट्रिज – ५९ हजार

प्रतिक्रिया दिनुहोस्