Logo
Logo

भ्रष्टाचारजन्य कसुरमा काखापाखा नगरी अनुसन्धान गर्न सरकारलाई सांसदहरुको सुझाव


378
Shares

काठमाडौं । सांसदहरुले भ्रष्टाचारजन्य कसुरमा काखापाखा नगरी अनुसन्धान गर्न सरकारलाई सुझाव दिएका छन् । 

सिंहदरबारमा सोमबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा उनीहरूले भ्रष्टाचारका सबै प्रकरणमाथि अनुसन्धान हुनुपर्ने र काखापाखा नगरी कारवाहीको प्रक्रिया अघि बढाउन सुझाव दिएका हुन् ।

बैठकमा राप्रपा सांसद बुद्धिमान तामाङले सरकारको कामकारवाही एक पक्षीय देखिएको बताए । एउटै प्रकरणमा कसैलाई कारवाही गर्ने र कसैलाई उन्मुक्ति दिने काम भएको उनले बताए ।

त्यस्तै सांसद चन्दा कार्की भण्डारीले रवि लामिछाने पक्राउपछि विरोध जनताले विरोध गरेको रास्वपाले न्यायपालिका प्रभावित गर्न नखोजेको जिकिर गरे । लामिछानेलाई थुना बाहिर राखेर पनि अनुसन्धान गर्न सकिने भण्डारीले बताए ।

त्यस्तै सांसद सरिता प्रसाईंले स्वार्थ बाझिने गरि व्यवसायीहरूका उपहार लिने र दिने दुवैलाई कारवाही हुनुपर्ने बताए । उनले भ्रष्टाचारजन्य मुद्दामा सबैलाई कानून बराबर हुनुपर्ने उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्