Logo
Logo

आयल निगम महेन्द्रनगर डिपो प्रमुख साहको असुली आतंक


756
Shares

उदयपुर । धनुषाको महेन्द्रनगरस्थित नेपाल आयल निगमको डिपोका प्रमुख मनोजकुमार साहको असुली आतंकले यतिबेला सिंगा निगममा तहल्का मच्चिएको छ ।

शक्ति केन्द्रको आडमा महेन्द्रनगर डिपो सरुवा भएका प्रमुख साहले पेट्रोल पम्प सञ्चालक र ईन्धन ढुवानी गर्ने ट्यांकर साहुहरुसँगको असुलीलाई ब्यापक बनाएको स्रोतको दाबी छ । साहको निगम ब्यवस्थापनलाई टाउको दुखाई बनेको छ ।
सरूवा भएर आउनसाथ साहको निशानामा धनुषा, महोत्तरीका केही र सिन्धुली भिमानको एक गरि ८२ वटा पेट्रोल पम्पमा महेन्द्रनगर डिपोले ईन्धन वितरण गर्दै आएको छ ।

प्रमुख साहले योजना बनाएर पेट्रोल पम्पहरूमा दबाब सिर्जना गरेका छन् । एक पेट्रोलपम्प सञ्चालक भन्छन्, ‘पेट्राल पम्पहरूमा अनावश्यक अनुगमन थालिएको छ । अनुगमनपछि हाकिमले फोन गरेर सहमतिमा आउनुस् भन्ने गरेकाछन् । मासिक १० हजार अनाधिकृत रकम बुझाउनुपर्ने अप्रत्यक्ष रूपमा खबर पठाउने गरेका छन् ।’

उता, स्रोतका ईन्धन ढुवानी गर्ने ट्यांकर साहुहरूसँग निगमले भुक्तानी गर्ने भाडाबाट २ प्रतिशत कमिशन माग गरेका छन् । दैनिक ८० देखि ९० वटा ट्यांकर महेन्द्रनगर डिपो मातहात चल्दै आएका छन् । भाडावापतको २ प्रतिशत कमिशन साहले लिने गरेका छन् ।

आयल निगमको प्रादेशिक कार्यालय अमलेखगञ्ज अन्तर्गतको महेन्द्रनगर डिपोले खासमा धनुषा जिल्लाका पेट्रोल पम्पहरूलाई ईन्धन वितरण गर्छ । आवश्यकताअनुसार अमलेखगञ्ज डिपोले पठाएको ईन्धन ढुवानी गर्ने ट्यांकरहरूको डेनसिटी, टेम्प्रेचर र डिप चेक गरेर पेट्रोल पम्पहरूमा पठाउने जिम्मा महेन्द्रनगर डिपोको हो । यस डिपोमा २ दिनसम्म ट्यांकरमै ईन्धन स्टोरेज गरेर राखिँदै आएको छ, जुन निगमका लागि थप ब्यायभार हो ।

साह यसअघि दुईपटक महेन्द्रनगर डिपोको प्रमुख रहिसकेका ब्यक्ति हुन् । आईटी शाखाका आठाँै तहका कर्मचारी साह पछिल्लोपटक वीरगञ्ज डिपो प्रमुख थिए । वीरगञ्ज डिपोबाट सरूवा भएर केन्द्रीय कार्यालयमा आएको चार महिनासमेत बित्न नपाउँदै पुनः महेन्द्रनगर डिपो प्रमुख बन्न सफल भएका छन् ।

शक्ति केन्द्र रिझाउन माहिर साह आयल निगममा बदनाम छबि भएका कर्मचारीका रूपमा परिचित छन् । साहको खुल्लामखुल्ल असुली बार्गेनिङबारे जानकार भएपनि आयल निगम ब्यवस्थापनले साहविरूद्व कार्वाही प्रक्रिया अघि बढाउन नसक्नुलाई अर्थपूर्ण ढंगले हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस्