Logo
Logo

एयर इण्डियाको विमानमा बम नरहेको पुष्टि, दिल्ली उडानको तयारी


567
Shares

काठमाडौं । काठमाडौँबाट भारतको नयाँ दिल्ली उड्न लागेको एयर इन्डियाकाे विमानमा बम रहेको भन्दै आएको सूचना गलत भएको पुष्टि भएको छ ।

एआईजी–२१६ विमानमा विस्फोटक पदार्थ भएको सूचनापछि सुरक्षा अधिकारीहरूले विमान चेकजाँचपछि विमानमा कुनै पनि किसिमको शंकास्पद वस्तु नभेटिएको सुरक्षा कार्यालयका एसएसपी डम्बर विकले जानकारी दिए ।

एसएसपी विकका अनुसार अब जहाजले नियमित उडान गर्दैछ । सोमबार अपराह्न २ः४१ बजे अवतरण गरेको विमान फर्किने तयारीमा रहेका बेला बम रहेको भन्दै सूचना आएपछि प्रहरी र सेनाले जाँच थालेको थियो ।

प्रतिक्रिया दिनुहोस्