Logo
Logo

बिन्दा र उषाकिरणको स्पष्टीकरण : कारबाही गरिनुपर्ने आवश्यकता छैन


4.7k
Shares

काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य बिन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सेनाले पार्टीलाई स्पष्टीकरण पत्र बुझाएका छन् ।

व्यापारी मीनबहादुर गुरुङबाट जग्गा सहित केन्द्रीय कार्यालय भवन दानमा लिने निर्णयको विरोध गरेपछि पार्टीले एक साताको समय दिएर पाण्डे र तिम्सेनालाई स्पष्टीकरणपत्र पठाएका थिए ।

अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरिसकेको भवनबारे सार्वजनिक टिप्पणी गरेको भन्दै सचिवालय बैठक राखेरै उनीहरुसँग स्पष्टीकरण सोध्ने निर्णय गरिएको थियो ।

पाण्डे र तिम्सेनाले आफूहरुमाथि कारबाही गरिनुपर्ने आवश्यकता नरहेको जवाफ पठाएका छन् । ‘…अभिव्यक्तिले पार्टीको गरिमा र छविलाई माथि उठाउने हो घटाउने होइन । फेसबुकमा लेखेको र सार्वजनिक रूपमा बोलेको कुरामा तथ्यहरूले गल्ती भन्दैनन्’, स्पष्टीकरणमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्