पोखरा । सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराध मुद्दामा पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेलाई सोमबार करिब साढे ८ घण्टा बयान लिइएको छ ।
सरकारी वकिलको कार्यालयमा प्रहरीले पूर्वगृहमन्त्री लामिछानेसँग करिब साढे ८ घण्टा बयान लिएको हो । रविको बयान अझै पुरा नभएको अनुसन्धानमा संलग्न एक अधिकृतले बताए ।
रवि कार्तिक २ मा वनस्थलीबाट पक्राउ परेका हुन् ।