Logo
Logo

सांसद चौधरीसहित रास्वपाका १७ नेता-कार्यकर्ता बालुवाटारबाट पक्राउ


1.7k
Shares

काठमाडौं । सभापति पक्राउको विरोधमा प्रदर्शन गर्न बालुवाटार पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताहरु पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा इ. वीरेन्द्र श्रेष्ठ, सांसद अशोक चौधरी, प्रदीप विष्ट, सुरेश पोख्रेल, ध्रुव ढकाल, नवराज भण्डारी, प्रकाश लामिछाने, रक्षा रायमाझी, साहिल प्रयास, सबि खड्का, बुद्धरत्न महर्जन, दयाराम नेपाल, सुरेन्द्रराज अवाले , शैलेन्द्र खत्री, उमेश लामा, खुसीराम कैनी, नवराज मुडभरी रहेका छन् ।

प्रदर्शनका क्रममा सांसद चौधरीसहित १७ जना नेता–कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको रास्वपाका कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।

पार्टी सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा पक्राउ परेपछि उनको रिहाइको माग गर्दै बालुवाटार घेराउ गर्न पुगेका उनीहरु निषेधित क्षेत्रमा प्रवेश गरेपछि प्रहरीले नियन्त्रणमा लिएको हो । आफ्ना कार्यकर्ता परेपछि अहिले प्रधानमन्त्रीविरुद्ध नाराबाजी भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्