Logo
Logo

घुमन्ते आइजीपी वेवारिसे संगठन


3.3k
Shares

काठमाडौं । अन्तर्राष्ट्रिय प्रहरी संगठन(इन्टरपोल)को ९२ औं महासभामा भाग लिन नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका महानिरीक्षक स्कटल्याण्ड जाने भएका छन् । उनीहरुको भ्रमण गत सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको गृह मन्त्रालयका एक अधिकारीले बताए ।

यसपटक इन्टरपोलको महासभा ४ देखि ७ नोभेम्बर (१९÷२३ कात्तिक) मा हुँदैछ । स्कटल्याण्डको ग्लास्गो सहरमा हुने महासभामा भाग लिन नेपाल प्रहरीका महानिरीक्षक बसन्तबहादुर कुँवर र सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल जान लागेका हुन् ।

प्रहरीका आइजीपी कुँवर असोज ६ ग्रीसतर्फ प्रस्थान गएका थिए । एथेन्समा हुन लागेको ३८ औं ‘इन्टरनेश्नल इन्फोर्समेन्ट कन्फरेन्स’मा सहभागी हुन उनी त्यसतर्फ गएका कुँवर असोज १४ को राती मात्रै काठमाडौ चुपचाप आएका थिए । लागूऔषध नियन्त्रण ब्यूरोका प्रमुख एसएसपी दिनेश आचार्य समेत उनीसँगै भ्रमण टोलीमा थिए । सम्मेलन ८ देखि १० असोजसम्म चलेको थियो ।

संयुक्त राष्ट्रसंघको प्रधान कार्यालय अमेरिकाको न्यूयोर्कमा असार १२ देखि १३ गतेसम्म संचालन भएको चौथो संयुक्त राष्ट्र प्रमुख प्रहरी शिखर सम्मेलनमा सहभागी भएका थिए ।

गत वर्ष यही समयमा आइजीपी कुँवर बेलायतमा थिए । प्रहरी महानिरीक्षक कुँवर बेलायत सरकारको निमन्त्रणामा २०८० को असोज २२ देखि २६ सम्म सञ्चालन हुने सुरक्षा र न्याय सुदृढीकरणका लागि एकीकृत कार्यक्रममा सहभागी हुन बेलायत पुगेका थिए ।

आइजीपीको अहिलेसम्म एउटा मात्रै विदेश भ्रमण रोकिएको छ । २०८० वैशाखमा अमेरिकामा आयोजना भएको लिडरसिप एक्जेन्ज कार्यक्रममा सहभागी हुन आइजीपी कुँवर अमेरिका प्रस्थान गर्ने कार्यक्रम रहेको थियो ।

तर, नक्कली भुटानी शरणार्थीका नाममा नेपाली ठगि प्रकरणपछि सरकारले उनको भ्रमण रोकेको थियो । त्यसमा एआइजी किरण बज्राचार्य गएकी थिइन । २०८० वैशाख २७ देखि २९ सम्म अमेरिकाको वासिङटन डिसि र न्युयोर्कमा सञ्चालन भएको सो कार्यक्रममा सुरक्षा चुनौति र आतंतवाद, डिजिटल अपराध, क्रिप्टोकरेन्सी कारोबारलगायतका वित्तीय अपराध अनुसन्धान तथा नियन्त्रण लगायत विषयमा छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्