काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले कीर्तिपुर नगरपालिकाको मेयरका लागि ध्रुव महर्जनलाई उम्मेदवार बनाएको छ ।
मङ्गलबार कीर्तिपुरमा आयोजित कार्यक्रममा कीर्तिपुरको मेयरका लागि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले महर्जनलाई मेयरको उम्मेदवार घोषणा गरेका हुन् ।
यस्तै वडा नम्बर १ को वडाध्यक्षमा सुरेन्द्र उप्रेती र वडा नम्बर ४ को वडाध्यक्षमा विशेष बस्नेतलाई उम्मेदवार बनाएको छ । कीर्तिपुरको मेयरका लागि १६ मंसिरमा उपचुनाव हुनेछ ।