काठमाडौं । नेपाल प्रहरीमा बढुवा भएका दुई जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)ले दर्ज्यानी चिन्ह पाएका छन् ।
मंगलबार मन्त्रिपरिषद बैठकबाट डिआइजीबाट एआइजीमा बढुवा भएका किरण राणा र प्राविधिकतर्फ डा. सुन्दर प्रसाद ह्योजुले दर्ज्यानी चिन्ह पाएका हुन् ।
प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले प्रहरी प्रधान कार्यालयमा मंगलबार आयोजित एक समारोहबीच उनीहरूलाई दर्ज्यानी चिन्ह लगाइदिएका हुन् ।
प्रहरी महानिरीक्षक कुँवरले दर्ज्यानी चिन्हद्वारा सुशोभन भएका प्रहरी अधिकृतहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरे ।