Logo
Logo

रौतहटमा थप ३५, झापामा १७ र दाङमा १५ जनामा संक्रमण


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, १४ जेठ ।
नेपालमा कोरोना संक्रमितको संख्या आठ सय नाघेको छ । बुधबार रौतहटमा थप ३५ तथा झापामा १७ जनामा संक्रमण देखिएको छ । त्यस्तै बाग्लुङमा पनि सात जनामा देखिएको छ । दाङ लगायत जिल्लामा पनि नयाँ संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


रौतहटको चन्द्रपुर नगरपालिकाको क्वारेन्टाइनमा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु सबै गढीमाई नगरपालिकाका बासिन्दा हुन् । त्यहाँ क्वारेन्टाइन नभएकाले उनीहरुलाई चन्द्रपुरमा राखिएको हो । त्यस्तै गौर नगरपालिकामा ८, ईशनाथ नगरपालिकामा १६, देवाहीगोनाहीमा २, र कटहरिया नगरपालिकामा २ जनामा संक्रमण देखिएको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताए । ‘उनीहरु सबै भारतबाट आएका नेपालीहरु हुन् ।झापाको कचनाकवल र बाह्रदशीका बासिन्दामा संक्रमण पुष्टि भएको छ । उनीहरुमध्ये धेरै जसो भारतबाट आएकाहरु छन् ।
त्यस्तै दाङमा १५ जनाको रिपोर्ट पोजेटिभ आएको छ । पूर्वी रुकुममा पनि तीन जना संक्रमित भएका छन् ।
आन्तरीक संक्रमण बढ्नुभन्दा भारतबाट आाउनेहरुको संख्या बढेको र उनीहरुमै संक्रमण देखिएको छ । मंगलबार एक सय भन्दा धेरैमा संक्रमण देखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्