Logo
Logo

१४ महिना जेल बसेर रिहा भए राहुल


2.1k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराका छोरा राहुल महरा रिहा भएका छन् । जिल्ला अदालत काठमाडौँले सुनाएको १४ महिना जेल सजाय भुक्तान गरेर उनी मंगलबार रिहा भएका हुन् ।

केन्द्रीय कारागार जगन्नाथदेवलमा रहेका राहुल कात्तिक १३ गते रिहा भएको प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए ।

२०७९ पुस १० गते फ्लाई दुबईबाट आएका चिनियाँ नागरिक ली हानसङले ल्याएको ७३ वटा बट्टामा रहेको ७३० वटा भेपभित्र ९ किलो सुन भेटिएको प्रकरणमा महरा पक्राउ परेका थिए ।

प्रतिक्रिया दिनुहोस्