योजना आयोगका पूर्वउपाध्यक्ष डा. मोहनमान सैंजुको असामयिक निधनले हामी स्तब्ध छौँ । उहाँको निधनले देशको अपुरणीय क्षति भएको भएको छ ।
बाल्यकालमा तानसेनमा ‘बाल सखा मण्डल’को अध्यक्ष भएर पुस्तकालय खोल्ने र बाल्यकालदेखि नै तिक्ष्ण प्रतिभाका धनी थिए सैंजू । उहाँको यही प्रतिभाले १३ वर्षको उमेरमा समान विचारधाराका युवाहरू भेला गर्न र ‘बाल सखा मण्डल’ नामक क्लब खोल्न सक्षम बनायो । यद्यपि, यो बाल्यकालको क्लब थियो । जुवा, रक्सी र धुम्रपानबाट युवाहरुलाई जोगाएर जीवन सफल पार्नका लागि गर्नुपर्छ भन्ने क्लवको उद्देश्य थियो ।
यस क्लवले स्थानीय पुलिससँग सहयोगको लागि समझदारी पनि गरेको थियो । यस क्लबले साँझमा प्रारम्भिक शिक्षाको अवसर नपाएका युवाहरुका लागि कक्षाहरू पनि सञ्चालन गर्दथ्यो । सैंजूले कवि लक्ष्मीप्रसाद देवकोटा र स्वतन्त्रता सेनानी खड्गमान सिंहसँग पनि घनिष्ठ भेटघाट गरेका थिए । यी उल्लेखित बाल्यकालका अनुभवहरूले सैंजूको मनोवल बढाउनका साथै उनलाई सक्षम नागरिक बनाउन सहयोग पु¥यायो ।
पाल्पा तानसेनको भगवती टोलमा व्यापारिक परिवारमा जन्मेका उहाँले व्यक्तिगत र राष्ट्रियरुपमा थुप्रै काम गरेर ख्याती कमाउनुभयो । ‘निरन्तर विकास र प्रगतिबिना, सुधार, उपलब्धि र सफलता जस्ता शब्दहरूको कुनै अर्थ छैन’ बेन्जामिन फ्रैंकलिनको भनाईमा उनको आस्था थियो । दिवंगत सैंजूका एक छोरा र छोरी छन् र श्रीमति हुनुहुन्छ । उनका श्रीमती माधुरी र छोरा मनिष र छोरी मीतामा पर्न गएको शोकप्रति गहिरो दुःख प्रकट गर्दछाैं ।
सैंजू लन्डन स्कूल अफ इकोनोमिक्स, युनिभर्सिटी अफ म्यानचेस्टर र संयुक्त राज्य अमेरिकाको फुलब्राइटमा छात्रवृत्तिका लागि छनोट हुनुभएको थियो । यस अवधिमा सरकारले पहिलो पञ्चवर्षीय योजनाको समीक्षा गरिरहेको थियो । त्यसमा सैंजूले सक्रिय सहभागिता जनाउनु भएको थियो । सैंजूको काममा तत्कालीन योजना सचिव डा. भेषबहादुर थापाको ध्यानाकर्षण भएको थियो । त्यसपछि उनीहरु सम्पर्कमा आए र सैंजूलाई डा. थापाले सरकारी सेवामा लाग्न प्रेरित गरे । थापाको सल्लाह बमोजिम सैंजूले उच्च शिक्षाका लागि विदेश जाने अवसरलाई त्यागेर सरकार जागीर सुरु गर्नुभयो ।
सन् १९६३ मा नेपालमा भूमि सुधार कार्यक्रम लागू गर्नका लागि पहिलो पाइलट प्रोजेक्टमा उनी प्रवेश गरे । उहाँलाई बिशेष अधिकृतको रूपमा नियुक्त गरियो । उहाँले नेपालको तराईमा झापा, मध्यपहाडीमा पाल्पा र भित्री तराईमा चितवन गरी ३ जिल्लामा प्रयोगात्मक कार्यक्रम सुरु गरेका थिए ।
सैंजूले भूमिसुधार कार्यक्रम कार्यान्वयनको प्रक्रियाको सोच विकास गर्नुभयो । र, नेपालमा कुन किसिमको भूमिसुधार उपयुक्त हुन्छ र नेपालमा भूमि र भूमिहीनताको समस्यालाई सम्बोधन गर्न आवश्यक पर्ने नीति निर्माताहरूलाई सुझाव दिने प्रस्ताव ल्याउनुभएको थियो । उहाँले नेपालको बिकास, प्रशासन, योजना, बिकेन्द्रिकरण, कुटनीति क्षेत्रमा ठूलो योगदान गरेका छन् । उनको ‘धनकुट्टादेखि चाकुपाटसम्म’ पुस्तकमा धेरै कुरा समेटिएको छ ।
नेपालको इतिहासमा पहिलो पटक सन् १९६४ मा भूमिसुधार लागू भयो । यो एउटा महत्वपूर्ण परियोजना थियो । त्यो परियोजना लागू गर्न पनि सैंजूको योगदान थियो । यसरी सन् १९६४ मा भूमिसुधार विभागको स्थापना भई कार्यक्रम लागू भयो । सैंजूलाई भूमि सुधारको पहिलो निर्देशक बनाइयो । त्यो बेला उनी २३ वर्षका थिए । त्यो कार्यक्रम कार्यान्वयनमा प्रभावकारी बन्दै गइरहेको थियो । अधिकांश जमिनदार कुनै न कुनै रूपमा यसको विरुद्धमा थिए र उनीहरूले सैंजूलाई जागिरबाट हटाउने असफल प्रयास गरे ।
यसरी उनले फेरि फुलब्राइट छात्रवृत्तिको लागि आवेदन दिनुभयो । सन् १९६९ मा सैजू पीएचडीका लागि संयुक्त राज्य अमेरिका जानुभयो ।सैजूले स न् १९७२ मा चैपल हिलस्थित नर्थ क्यारोलिना विश्वविद्यालयबाट डिग्री पूरा गरे । उहाँको मुख्य बिषय विकास थियो । अन्तर्राष्ट्रिय सम्बन्धमा माइनर पनि पूरा गर्नुभयो । त्यसपछि डा. सैंजु काठमाडौं फर्किए र सेन्टर फर इकोनोमिक डेभलपमेन्ट एण्ड एडमिनिस्ट्रेशन (ऋभ्म्ब्) मा काम गर्न थाल्नु्भयो । पछि सन् १९७३ मा त्रिभुवन विश्वविद्यालयको रेक्टरमा डा. सैंजु नियुक्त हुनुभएको थियो ।
तत्कालीन बीरेन्द्र को शासनकालमा भुमिसुधार, त्रिविमा रेक्टर, योजना आयोगमा लामो समय सदस्य, त्यसपछि उपाध्यक्ष, अमेरिकाको लागि राजदूत, गरिबी निवारण कोषका अध्यक्ष आईआईडी एसका अध्यक्षभै गहन जिम्मेवारी सफलतापुर्वक निर्वाह गर्नुभयो । सुन्निन्थ्यो, तत्कालीन राजा बिरेन्द्रको बिकाश क्षेत्रको भ्रमणमा जाँदा समीक्षा बैठकमा राजा अगाडि साझै तर्क गर्नु हुन्थ्यो । उहाँको त्यो शैलीप्रति विरेन्द्र पनि प्रभावित थिए ।
हाम्रो परिवारको खासगरी मेरा बुवा दशरथमान सिंह र माता मिथिलादेवीसँग उनका दाइ द्वारिकामान सैंजूसँग अति आत्मीय सम्बन्ध थियो । उहाँका दाई जीवित रहुन्जेल आलोपालो एक साल दशैँ पाल्पामा र एक साल काठमाडौँमा मनाउने चलन थियो ।
जनता बिद्यालयको रजत जयन्तीमा उनी प्रमुख अतिथि भएर गएका थिए । उहाँ त्यहीका जेहेन्दार छात्र हुनुहुन्थ्यो । पछि, हामी त्रिभुवन कलेजमा पढ्दा ‘प्लानिङ सेल’लाई समेत सम्बोधन गरि योजनाको महत्वबारे र योजनाले अंगिकार गरेको लक्ष्य, नीति र कार्यनीति र कार्यक्रमबारे हामीलाई सम्बोधन गरेको स्मरण छ ।
सन १९८७ मा मैले सार्क सचिबालयद्वारा प्रकाशित गरेको पुस्तक ‘सार्क : फ्रम ढाका टु काठमाडौं’मा उहाँले प्रिफेस भन्नेबित्तिकै तुरुन्तै लेख लखेर दिएको स्मरण हुन्छ । त्यसबेला उहाँ योजना आयोगको सदस्य हुनुहन्थ्यो ।