काठमाडौं, १५ जेठ ।
सरकारले आज आर्थिक वर्ष २०७७ /७८ को बजेट सार्वजनिक गर्दैछ । अर्थमन्त्रीले संसदमा दिउँसो ४ बजे बजेट सार्वजनिक गर्दैछन् ।
यो वर्षको बजेटमा नयाँ कार्यक्रम हुने सम्भावना कम छ । कोरोनाले अर्थतन्त्र प्रभावित भएकाले त्यसलाई उठाउने गरी बजेट ल्याउन लागिएको छ । खासगरी रोजगारी धेरै सिर्जना हुने गरी केही कार्यक्रमहरु ल्याउन लागिएको स्रोत बताउँछ ।
सर्वसाधरणको चासो भने करमा छ । आयकरको दर केही हेरफेर हुने अर्थमन्त्रालय स्रोत बताउँछ । गाडी, मदिरा, चुरोट लगायत सामानको भन्सारदर सधैंझैं बढ्ने निश्चित छ । देशको ढुकुटी जोगाउन अन्य बिलासिताका केही वस्तुको आयातामा भन्सार दर बढाउने सरकारको तयारी छ ।बजेटको आकार गत वर्ष जस्तै १५ खर्बकै हाराहारी हुने स्रोत बताउँछ ।