Logo
Logo

मोरङमा १० लाख नगदसहित १० जुवाडे पक्राउ


630
Shares

काठमाडौं । मोरङमा तास खेलिरहेका १० जना जुवाडे पक्राउ परेका छन् । शुक्रबार राति प्रहरीले विराटनगर महानगरपालिका ११ स्थित संगम पार्टी प्यालेसमा जुवातास खेलिरहेका १० जना जुवाडेलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा पार्टी प्यालेस सञ्चालक पदम श्रेष्ठसहित राजन कडेल, टुनटुन शर्मा, पशुपति भगत, सुरेन्द्र ठाकुर, विरेन्द्र साह, ध्रुव सिग्देल, मनिराज प्रसाई, बाबुराम कटेल, लिला सहनी रहेका छन् ।

उनीहरुको साथबाट दश लाख, ६ हजार ९ सय पन्चानब्बे र पाँच बुक तास समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता वेदप्रकाश जोशीले जानकारी दिए । उनीहरुलाई जिल्ला प्रहरी कार्यालयमा ल्याई अनुसन्धान भैरहेको प्रहरीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्