काठमाडौं । हङकङ इन्टरनेसनल सिक्सेसको क्वाटरफाइनलमा नेपाल श्रीलंकासँग ४० रनले पराजित भएको छ ।
हङकङमा जारी खेलमा श्रीलंकाले दिएको १२४ रनको लक्ष्य पछ्याएको नेपाल ८३ रनमा अलआउट भयो । नेपालका राशिद खानले ८ छक्का र एक चौकासहित ५५ रन बनाए पनि जितका लागि पर्याप्त हुन सकेन । अन्य ब्याटर टिक्न नसक्दा नेपाल पराजित भयो ।
त्यस्तै, नेपालका नारायण जोशीले १३ रन बनाउनबाहेक अरुले दोहोरो अंक जोड्न सकेनन् । कप्तान सन्दीप जोरा र प्रतिश जिसी शून्य रनमै आउट भए । लोकेश बम ६ र विवेक यादव ५ रनमा आउट भए ।