काठमाडौं । थाइ एयर एसियाले गौतमबुद्ध विमानस्थल भैरहवाबाट बैंकक–भैरहवा–बैंकक उडान सुरु गरेको छ । थाइ एअर एसियाले आज (आइतबार)देखि भैरहवाबाट साताको २ दिन उडान गर्नेछ ।
अब ८ नोभम्बर (२३ मंसिर) मा अर्को उडान हुने विमानस्थलका प्रवक्ता विनोद राउतले जानकारी दिए । राउतका अनुसार बिहान ७ बजे विमानस्थलमा विमान अवतरण गरेको र बिहान ७.४० बजे बैंकक प्रस्थान गरी सकेको छ । विमानमा चालक दलका ७ सदस्यहरु मात्रै आएका थिए ।
यो तालिका अनुसारकै उडान हो । थाइ एअर एसियाको केही दिन अघि मात्रै भैरहवा र पुनः उडान काठमाडौंमा सुरु गर्न अनुमति पाएलगत्तै उडान सुरु भएको हो ।
भैरहवाबाट बैंककतर्फ एकतर्फी सुरुवाती भाडादर १२ हजार रुपैयाँ रहेको छ । योसँगै नोभेम्बर ९ बाट जजिरा एअरले पनि साताको २ दिन उडान गर्ने तयारी गरेको प्रवक्ता राउतले बताए ।