Logo
Logo

५ दिनदेखि हराइरहेका स्लोभाकियन पर्वतारोही हिमालको खोँचमा भेटिए


1.1k
Shares

काठमाडौं । पाँच दिनदेखि हराइरहेका स्लोभाकियन नागरिक लाङटाङ हिमालको खोँचमा भेटिएका छन् ।

हिमाल आरोहणका लागि गएका ३४ वर्षीय ओनरेज हुसर्के गोसाईंकुण्ड गाउँपालिका–३ को समुन्द्र सतहदेखि ७ हजार मिटरभन्दा धेरैको उचाइमा रहेको हिमालको ३० मिटरभन्दा बढी गहिरो खोँचमा भेटिएका हुन् ।

हवाई उद्धारका लागि गएको टोलीले उनले लगाएको लुगा, स्लिपिङ व्याग लगायतका आधारमा उनको पहिचान गरेको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) केशव भट्टराईले जानकारी दिए ।

उद्यपी हिजो र आज मौसम खराब भएकोले उनको उद्धार गर्न हुन सकेको छैन । हुसर्के स्लोभाकियाका चर्चित पर्वतारोही हुन् ।
हराइरहेका अर्का पर्वतारोही चीज रिपब्लिकका ५० वर्षीय मारेक होलेसेक्का भने सम्पर्कमा आएका छन् ।

उनलाई स्वास्थ्य परीक्षणका लागि काठमाडौँ ल्याइएको छ । त्यस्तै अर्का एक जना जर्मन नागरिक ४३ वर्षीया रोवर्ड जर्ज न्यू वरलालाई टोलीले उद्धार गरेर काठमाडौँ ल्याइसकिएको छ ।

प्रतिक्रिया दिनुहोस्