Logo
Logo

बिहानैदेखि पानी परेपछि बिपी राजमार्ग एकतर्फी सञ्चालन


945
Shares

काठमाडौं । आज सोमबार बिहानैदेखि पानी परेपछि बिपी राजमार्ग एकतर्फी बनेको छ । अविरल वर्षाले बिपी राजमार्गको काभ्रेभञ्ज्याङदेखि भकुन्डेबेसीको बीचको भाग एकतर्फी बनेको हो ।

आज बिहानैदेखि परेको पानीले काभ्रेभञ्ज्याङदेखि भकुन्डेसम्मको केही भागमा एकतर्फीरूपमा यातायात सञ्चालन भइरहेको काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए । उनका अनुसार राजमार्ग दुईतर्फी बनाउने प्रयास भइरहेको छ ।

असार १०, ११, १२ गते परेको वर्षाले क्षतिग्रस्त तुल्याएको राजमार्ग १३ दिनपछि अस्थायी ट्र्याक खनेर खण्ड जोडिएको थियो ।
सोमबार परेको पानीले बेथानचोक–४ को सलान्दु बगरलगायतका ठाउँमा गाडी फसेको गाउँपालिकाका उपाध्यक्ष तारा राना तिमिल्सिनाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्