Logo
Logo

प्रधानमन्त्री अस्वस्थ


3.1k
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली बिरामी भएका छन् । ओलीलाई सोमबार बेलुकीदेखि ज्वरो आएको उनको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्रीका प्रेसविज्ञ रामशरण बजगाईंका अनुसार प्रधानमन्त्रीलाई ज्वरो आएकोले रगत परीक्षणका लागि मंगलबार ल्याबमा पठाइएको छ ।

प्रेसविज्ञ बजगाईंले भने, ‘उहाँ अस्वस्थ भएकोले अत्यावश्यकबाहेक अरू भेटघाट गर्नु भएको छैन । केही बेरअघि गृहमन्त्री रमेश लेखकसँग भेटवार्ता गर्नुभयो ।’

प्रधानमन्त्री बालुवाटारमा स्वास्थ्यलाभ गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्