Logo
Logo

कीर्तिपुरको मेयरमा कांग्रेसबाट ११ जना सिफारिस, पहिलो नम्बरमा कृष्णमान डंगोल


1.4k
Shares

काठमाडौँ । नेपाली कांग्रेसले कीर्तिपुर नगरपालिकाको मेयर पदका लागि ११ जना आकांक्षी उम्मेदवारको नाम सिफारिस गरेको छ ।

मंसिर १६ गते हुने उपनिर्वाचनका लागि कांग्रेस कीर्तिपुर नगर समितिले ११ जना आकांक्षी उम्मेदवारको नाम सिफारिस गरेको छ । नगर सभापति कृष्णमान डंगोलले एक हप्ता अघिनै नाम सिफारिस गरिएको जानकारी दिए ।

हाल प्रदेश निर्वाचन क्षेत्र हुँदै सिफारिस नाम क्षेत्रीय समितिमा पुगेको छ । नगर समितिले पहिलो नम्बरमा सभापति कृष्णमान डंगोललाई सिफारिस गरेको छ । यस्तै दोस्रोमा बद्रीलाल महर्जन, तेस्रोमा हिमाल कार्की र चौथो नम्बरमा जमुना नकर्मीको नाम सिफारिस गरिएको छ ।

चौथो नम्बरमा सिफारिस जमुना कीर्तिपुरका निधन भएका मेयर राजकुमार नकर्मीकी पत्नी हुन् । तत्कालीन मेयर राजकुमार नकर्मीको गत साउन १० को मध्यरातमा निधन भएपश्चात् त्यहाँ उपनिर्वाचन गर्नुपरेको हो ।

प्रतिक्रिया दिनुहोस्