Logo
Logo

एमालेले बोलायो सचिवालय बैठक


819
Shares

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । कात्तिक २४ गते पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेगरी बैठक बोलाइएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

शनिवार बिहान ११ बस्ने बैठकमा स्थानीय तहको उपनिर्वाचन र पछिल्ला समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने बताइएको छ ।

उनका अनुसार अहिले पार्टीको ध्यान स्थानीय तहका उपनिर्वाचनमा केन्द्रित भएकाले त्यहीअनुसार निर्वाचन हुने क्षेत्रमा पार्टी संगठनलाई आवश्यक तयारी गर्न र त्यसबारे थप रणनीति बनाउन सचिवालय बैठक बोलाइएको हो ।

प्रतिक्रिया दिनुहोस्