काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले आगामी मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि उम्मेदवार टुङ्ग्याएको छ ।
माओवादीले कीर्तिपुर नगरपालिकामा रिक्त मेयर पदमा प्राडा.शिवशरण महर्जनलाई छनोट गरेको छ । दोलखाको गौरीशङ्कर गाउँपालिकाको उपाध्यक्ष पदका लागि निमलेकी शेर्पालाई उम्मेदवार बनाएको छ ।
यसैगरी कीर्तिपुर-१ मा अष्टमान महर्जन, सोही नगरपालिकाको वडा नम्बर ४ मा नारायण विष्टलाई उम्मेदवार बनाएको छ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१२ मा रविन प्रधान र नुवाकोटको ककनी गाउँपालिका–२ मा मिलन घिमिरेलाई छनोट गरेको छ । काठमाडौँ महानगरपालिका–१६ मा उम्मेदवार छनोट हुन बाँकी रहेको एक नेताले जानकारी दिए ।
माओवादीको पदाधिकारी बैठकले निर्वाचनमा एकल उठ्ने निर्णय गरे पनि सत्ता बाहिरका दलहरूसँग सहकार्य गर्ने विकल्प राखेको छ ।