काठमाडौं, १५ जेठ ।
सरकारले सुरक्षाकर्मीले प्रयोग गर्ने जुत्ता तथा पोशाक स्वदेशमै उत्पादन गर्ने भएको छ । सरकारले बजेट सार्वजनिक गर्दै यस्तो जानकारी गराएको हो ।
नेपालमा सुरक्षाकर्मीले प्रयोग गर्ने पोशाक विदेशबाट आयात हुने गरेको छ । हेटौंडास्थित कपडा उद्योगमा उत्पादन गर्ने प्रयास विगतमा भएपनि सफल हुन सकेको छैन ।