काठमाडौं । नेपाल इन्फ्रान्सट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक सेयरधनी दीपक कुमार मुन्दडाको नाममा रहेको २ लाख ४३ हजार कित्ता सेयर बिक्रीमा ल्याएको हो ।
उक्त सेयर खरिदको लागि संस्थापक सेयरधनीहरुले सूचना प्रकाशन भएको ३५ दिनभित्र आवश्यक कागजात संकलन गरी बैंकको रजिस्टर्ड कार्यालय कानून विभाग बानेश्वर काठमाडौंमा आवेदन पेश गर्न सक्नेछन् ।
साथै ,तोकिएको समयमा संस्थापक सेयरधनीहरुबाट बिक्री नभएको खण्डमा बैंकले कानून बमोजिम अन्य व्यक्ति वा संस्थालाई बिक्री गर्ने एक सूचनामार्फत जानकारी दिएको छ ।