Logo
Logo

नेपाल विश्वविद्यालय विद्यार्थीको आकर्षणको केन्द्र बन्न सकोस् : अर्थमन्त्री


315
Shares

ललितपुर । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल विश्वविद्यालय संसारभरका विद्यार्थीको आकर्षणको केन्द्र बन्न सकोस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।

नेपाल विश्वविद्यालयको आज ललितपुरमा भएको विश्वविद्यालय उद्घोषणासभा कार्यक्रममा शुभकामना मन्तव्य राख्दै उनले यो विश्वविद्यालय नेपाली विद्यार्थीका लागि मात्रै नभएर संसारका विद्यार्थीहरुका लागि आकर्षणको केन्द्र बन्न सक्नुपर्ने बताए ।

‘यो विश्वविद्यालयले नयाँ मान्यताका साथ अगाडि बढ्दै त्यहीअनुसारका दक्ष जनशक्ति निर्माण गर्न सक्नुपर्नेछ, सुरुदेखि नै उत्कृष्ट हुन सकोस्, पछि गरौँला भन्ने छुट यसलाई छैन, सरकारको साथ लिने हो, तर विश्वविद्यालयले आफ्नै पौरख र सामथ्र्यमा अगाडि बढ्ने हो’, पौडेलले भने ।

सरकार अभिछिन्न रुपमा विश्वविद्यालयको साथमा रहनेछ भन्दै उनले यो विश्वविद्यालय विशिष्ट किसिमको योगदान दिने विश्वविद्यालयका रुपमा परिचित हुने विश्वास व्यक्त गरे ।

‘यसले वैधानिक हैसियत प्राप्त गरेपछि पनि धेरै कुरा उठेका छन्, मानवीय मूल्यमा आधारित भए मानवीय आवश्यकतालाई परिपूर्ति गर्ने विश्वविद्यालयका रुपमा विकास होस् भन्ने अपेक्षा छ, उद्देश्यअनुसार काम गर्न सकोस्’, पौडेलले भने । विश्वविद्यालय स्थापनाका लागि चालेका कदम सहज नभएको बताउँदै उनले स्थापनाका लागि चालेका कदम, निरन्तरता र अथक प्रयासले सार्थकता पाओस् भन्ने कामना गरे ।

‘यात्रा सहज छैन, सबै चुनौतीहरुलाई पार गर्दै नयाँ उचाइ हासिल गर्न सकोस्, आगामी दिनमा सरकारकोतर्फबाट निरन्तर सहयोग हुन्छ’, उनेल भने । हाँले विश्वविद्यालयले सरकारको साथको मात्रै अपेक्षा गरेर परनिर्भर नहुन आग्रह गर्दै आफ्नै बलबुतामा विशिष्ट किसिमले स्थापित हुन अनुरोध गरे ।

प्रतिक्रिया दिनुहोस्