Logo
Logo

कोशी सरकारको प्रवक्ता मन्त्री भूपेन्द्र राई


567
Shares

विराटनगर । कोशी प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी भौतिक पूर्वाधार विकासमन्त्री भूपेन्द्र राईलाई दिएको छ ।

आज बसेको कोशी प्रदेशको मन्त्रिपरिषद्को बैठकले मन्त्री राईलाई प्रवक्ताको जिम्मेवारी दिएको हो । बैठकले सङ्घीयता कार्यान्वयन तथा प्रदेश कानुन निर्माण कार्यदलको समयावधि थप गर्ने निर्णय गरेको छ ।

त्यस्तै, खोरेत रोग नियन्त्रण आयोजना सञ्चालनसम्बन्धी कार्यविधि–२०८१ स्वीकृत गर्ने, नोभेम्बर ११ मा अजरबैजानको राजधानी बाकुमा हुने संयुक्त राष्ट्रसङ्घीय प्रारुप महासन्धीको पक्ष राष्ट्रहरुको बैठक (कोप २९) मा पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डल र सचिव विशाल घिमिरेलाई सहभागी गराउने र १० औँ राष्ट्रिय खेलकुदको तयारी तथा व्यवस्थापनका लागि थप रु नौ करोड बजेट स्वीकृत गरेको सरकारका प्रवक्ता मन्त्री राईले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्