काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज (बिहीबार)देखि नियमित काममा फर्किने भएका छन् ।
ज्वरो आएपछि तीन दिनदेखि बालुवाटारमै आराम गरिरहेका ओलीको स्वास्थ सामान्य अवस्थामा फर्किएपछि चिकित्सकको सल्लाहअनुसार उनी आजदेखि काममा फर्किन लागेका हुन् ।
ज्वरोले प्रधानमन्त्री ओली अवस्थ भएपछि उनको सचिवालयले सबै भेटघाट बन्द गरेको थियो । अब आजबाट भने उनी नियमित काममा फर्किन लागेका हन् ।