Logo
Logo

बुटवलको अलपत्र मुख्य सडकको काम सुरु


504
Shares

बुटवल । बुटवलको राजमार्ग चौराहादेखि चिडियाखोलासम्मको आठ वर्षदेखि अलपत्र करिब साढे ३ किलोमिटर सडक निर्माणको काम सुरु भएको छ ।

पुरानो निर्माण सेवा बिरुवा कन्चनजंगा जेभिले ५० प्रतिशत काम सकेर दुई वर्षदेखि अलपत्र छोडेको सडकको काम नयाँ ठेक्का भएपछि सुरु भएको हो ।

सडक निर्माणको जिम्मा पाएको नयाँ ठेकेदार कम्पनी बावुल दर्शन मालिका जेभी भैरहवाले गएको मंगलबारदेखि सडक निर्माणको काम सुरु गरेको छ ।

सडक डिभिजन बुटवल, कार्यालयका सूचना अधिकारी  इन्जिनियर महेश्वर लम्सालले पुरानो ठेक्का तोडी नयाँ ठेक्का अनुसार काम सुरू भएको बताउँदै मुख्य सडक कालो पत्रे, सर्भिस लेन निर्माण , फुटपाथ निर्माण , ग्रिनरी, स्ट्रेटलाईट लगाएको काम  गर्ने जानकारी दिए । २०८१  असोज १८ मा सम्झौता भएको यो सडक १ वर्ष अर्थात् आगामी २०८२ असोज १८ गते सम्म काम सक्ने गरी बाबुल दर्शन निर्माण सेवाले ३३ करोडमा ठेक्का  पाएको छ ।

बावुल दर्शन मालिका जेभी भैरहवाले पनि सडक निर्माणको काम समयमा नै सक्ने गरी अघि बढाउन थालेको जानकारी दिदै  ‘राती र दिउँसो दुई सिफ्टमा काम हुनेछ इन्जिनियर एवं सूचना अधिकारी महेश्वर लम्सालले जानकारी दिए।

उता निर्माण कम्पनीले छठ पर्वपछि जनशक्ति पनि थप गरी  काममा तीव्रता दिने बताएको छ । निर्माण कम्पनी ले  डिभिजन सडक कार्यालय अगाडि बाट निर्माणको काम थालेको छ ।

 सुरुमा खाली रहेको ठाउँमा निर्माणको काम गर्ने र त्यसपछि अन्य ठाउँको काम अघि बढाउने निर्माण सेवाले बताएको छ।

बुटवलको यो सडक समयमा निर्माण सम्पन्न नहुँदा मुख्य सडक छेउका एक सय बढी व्यवसायीहरू पलायन भएका छन् ।

 सडक लामो समयदेखि अलपत्र हुँदा बुटवल बजारको व्यापार घट्नुका साथै व्यवसायी पलाएन हुँदै गएको हो । ठेकेदारको लापरबाही र स्थानीय केही घरधनी र राजनीतिकर्मीको विरोधका कारण लामो समयदेखि यो सडक अलपत्र परेको थियो ।

 २०६९ सालमा चार लेनमा निर्माण भएको यो सडक  पछि ६ लेनमा बिस्तार गर्ने योजना अघि बढेको थियो । निर्माण सम्पन्न नगरी आलटाल गरेपछि ठेक्का तोडेर नयाँ ठेक्कामार्फत बाबुल दर्शन मालिका जेभीले निर्माणको जिम्मा पाएको हो । यो सडक निर्माणमा ढिलाइ हुँदा समय र लागत समेत बढेको छ ।

बुटवलको मुख्य बजार क्षेत्र रहेको यो सडक निर्माणको जिम्मा सात वर्षअघि कञ्चनजंघा बिरुवा जेभी काठमाडौंले भ्याट तथा भेरिएसनसहित करिब ५४ ठेक्का पाएको थियो र २७ करोड बराबरको काम गरी २७ करोड बराबरको काम बाँकि थियो । 

तर हाल पुरानो डिजाइनमा हल्का परिवर्तन गरि भ्याट सहित ३३ करोडमा  नयाँ ठेक्का दिइएको हो।

२०७६ सम्ममा ६ लेन सडक बिस्तारको काम सक्ने गरी ०७३ साल चैत  मा ठेक्का सम्झौता भएको थियो । तर निर्माण कम्पनीले पटक पटक काम गर्न ताकेता गर्दा पनि काम नगरेका कारण ठेक्का  तोडिएको थियो ।

प्रतिक्रिया दिनुहोस्